logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल


  • जन आकाश
  • शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ ।जसका लागि पौडेल संसद् भवन पुगेका हुन् ।आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend