logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

दोश्रो चौमासिक अवधिसम्म रामेछाप नगरपालिकाको वित्तिय प्रगति ४२ प्रतिशत


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । रामेछापको रामेछाप नगरपालिकाको चालू आव २०८२र८३ को दोश्रो चौमसिक अवधिसम्म जम्मा बजेटको ४२.५६ प्रतिशत बजेट खर्च भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म भएको काम र बजेट खर्चको अवस्था बारेमा जानकारी गराउनुभयो ।



उहाँका अनुसार चालू तर्फ २८ करोड ३९ लाख ८५ हजार १ सय ७४ अर्थात ५४.९४ प्रतिशत र पूँजीगत तर्फ ७ करोड ८२ लाख ५९ हजार ७ सय ६० अर्थात २३.४२ प्रतिशत बजेट खर्च भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानियहरुले शिक्षा,स्वास्थ्य,कृषि,खानेपानी,विपद व्यवस्थापन लगायतमा रहेर प्रश्न गरेका थिए । वडा नं ८ को भंगेरी माविमा भएको एकिकृत घुम्ती शिविर सहितको सार्वजनिक सुनुवाई कार्यक्रममा स्वास्थ्य,पशु,कृषि लगायतका सेवाहरु प्रवाह गरिएको हो ।

नागरीकहरुले सोधेको प्रश्नको जवाफ नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाई र सम्बन्धित वडाका वडाअध्यक्षले दिएका थिए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रवक्ता समिर कार्की,वडाअध्यक्षहरु, नगरका कर्मचारी,पत्रकार,नागरीक लगायतको उपस्थिती रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend