logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

भारतीय गायिका आशा भोसलेको निधन


  • जन आकाश
  • आइतबार, चैत्र २९ २०८२

काठमाडौं । प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ।मुम्बईको ब्रिच क्यान्डी अस्पतालका डाक्टरले उनको मृत्यु भएको कुरा बीबीसी मराठीसँग पुष्टि गरेको छ। आशा भोसलेलाई शनिबार हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।



उनी भारतीय संगीत उद्योगकी एक प्रमुख व्यक्तित्व थिइन् र पार्श्व गायिकाका रूपमा धेरै यादगार गीत गाइन्।आफ्नो सांगीतिक करिअरमा १२ सयभन्दा बढी गीत गाएकी भोसलेले नेपाली गीत पनि थुप्रै गाएकी छन्।नेपाली स्रोता माझ पनि उनी लोकप्रिय थिइन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend