logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

मन्त्रिपरिषद्का सदस्यको सम्पत्ति,सुनदेखि सामाजिक सञ्जालसम्म


  • जन आकाश
  • सोमबार, चैत्र ३० २०८२

काठमाडौं । वालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बनेको १७ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक पदधारण गर्ने व्यक्तिको सम्पत्ति पारदर्शी हुनुपर्ने माग हुँदै आएपनि विगत बनेका केही सरकारका मन्त्रीहरूले सम्पत्ति विवरण सरकारलाई बुझाएका मात्र थिए सार्वजनिक गरेका थिएनन् ।



रास्वपाले चुनावी वाचापत्रमै सार्वजनिक पद धारण गर्नुअघि सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको थियो ।सरकारले सार्वजनिक गरेको १०० कार्यसूचीमा २०४७ सालपछिको सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने निर्णय समेत गरेको छ । पहिले पदमा बसेकाहरूको सम्पत्ति समेत सार्वजनिक गर्ने सरकारको निर्णय रहेकाले उनीहरुले विवरण बुझाएर सार्वजनिक गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend