logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक योजना पुन,सञ्चालन


  • जन आकाश
  • मंगलबार, बैशाख १ २०८३

काठमाडौं । सानिमा बैंकले डिजिटल कारोबार प्रवर्द्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ। यस अभियान अन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवा मार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्।



नेपालभित्र यात्रा गर्दा १५५ वा अधिकतम २०० रूपैयाँसम्म तथा भारत यात्रा गर्दा १५५ वा अधिकतम ४०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ।यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागु हुनेछ।

यस पहलमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोऱ्याएको बताएको छ।बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुऱ्याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ।

बससेवा अभियानका अतिरिक्त, सानिमा बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन्।सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend