logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी


  • जन आकाश
  • मंगलबार, बैशाख १ २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद खुस्बु ओलीले आफू विरुद्ध सामाजिक सञ्जालमा दुष्प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । उनले सोमबार सामाजिक सञ्जाल एक्समार्फत आफूले उजुरी दर्ता गराएको जानकारी दिएकी छन् ।



म विरुद्ध सामाजिक सञ्जालमार्फत सुनियोजित रूपमा फैलाइएको दुष्प्रचार, भ्रामक सूचना तथा मेरो चरित्रहत्या गर्ने उद्देश्यले गरिएको गतिविधिविरुद्ध आज मैले नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरो, भोटाहिटीमा उजुरी दर्ता गराएको छु,’ सांसद ओलीले लेखेकी छन्, ‘उक्त उजुरीमा केही व्यक्तिका फेसबुक पेज, टिकटक पेज तथा युट्युब च्यानलहरूले योजनाबद्ध ढंगले आधारहीन, भ्रामक तथा मेरो व्यक्तिगत तथा सार्वजनिक जीवनमा क्षति पुर्‍याउने उद्देश्यले सामग्री प्रसारण गरेको मेरो ठहर छ ।’

यस विषयमा आफूले प्रारम्भिक चरणमै केही सम्बन्धित व्यक्तिहरूलाई सचेत गराउँदै यस्तो गतिविधि रोक्न स्पष्ट भनेको उनले दाबी गरेकी छन् । ‘तर, उक्त चेतावनीलाई गम्भीरतापूर्वक नलिई निरन्तर रूपमा दुष्प्रचार जारी राखिएपछि बाध्य भई आज साइबर ब्यूरोमा कानुनी प्रक्रिया अघि बढाएको हुँ,’ उनले भनेकी छन् ।

यस्ता गतिविधि सामान्य आलोचना वा अभिव्यक्ति स्वतन्त्रताको दायराभित्र नपर्ने उनको दाबी छ । उनले अगाडि लेखेकी छन्, ‘बरु योजनाबद्ध रूपमा गलत सूचना फैलाउने तथा मेरो व्यक्तिगत र सार्वजनिक छवि धूमिल पार्ने उद्देश्यले गरिएको संगठित प्रयास भएको मेरो ठहर छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend