logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूले  शपथ लिए


  • जन आकाश
  • बुधबार, बैशाख २ २०८३

काठमाडौं ।  गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार मध्याह्न सपथ ग्रहण गराएका हुन्।



गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ। मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद हेरफेर गर्ने सहमति भएसँगै आज नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।

मुख्यमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन्।

एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend