logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ लक्षित विभिन्न योजनाहरु गर्‍यो सार्वजानिक


  • जन आकाश
  • बुधबार, बैशाख २ २०८३

काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै विभिन्न योजनाहरु सार्वजानिक गरेको छ।योजनाहरु अन्तर्गत वर्ष २०८३ लाई डिजिटल प्रवर्धन वर्षको रुपमा मनाउने बैंकको योजनाअनुरुप महालक्ष्मी विकास बैंकको मोबाइलएप ‘महालक्ष्मी स्मार्ट साथी’मार्फत बैकका सबै सक्रिय मोबाइल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैकिङ प्लेटफर्म माफर्त बैशाख महिनाको पहिलो हप्तामा कम्तीमा एक सफल कारोबार गरेको अवस्थामा गोलाप्रथा मार्फत ३ जना प्रयोगकर्ताले आकर्षक भ्रमण प्याकेज जित्न सफल हुने बैंकले जनाएको छ। विजेता ३ जना प्रयोगकर्ताले आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडी सहित भ्रमण गर्न पाउनेछन्।



साथै, डिजिटल बैकिङलाई प्रोत्साहन गर्न मोबाइल बैकिङ प्रयोगकर्ताहरुले विभिन्न डिजिटल कारोबार गरे बापत पाउने रिवार्ड पोइन्टलाई अझ प्रवर्धन गरिने बैंकले जनाएको छ। मोबाइल बैकिङ प्रयोगकर्ताले प्राप्तगर्ने फोन प्वाइन्ट्स रिवार्ड एपमा जम्मा हुनेछ। यो एप प्ले स्टोर तथा एप्स स्टोर मार्फत डाउनलोड गर्न सकिनेछ।

यस्तो रिवार्ड पोइन्ट निश्चितशर्त भित्र रहि ग्राहकहरुले विभिन्न सामानहरु खरिद गर्दा तथाअन्यकार्यहरुमाप्रयोग गर्न सक्नेछ्न।नयाँवर्षको २०८३ कै अवसरमा बैंकले सुलभ ब्याजदरको घरकर्जा समेत सञ्चालनमा ल्याएको छ। महालक्ष्मी घर कर्जा अन्तर्गत आवासीय, व्यापारिक घररजग्गाखरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप पुर्ननिर्माणरमर्मत सम्भार गर्न न्यूनतम २ वर्ष देखि अधिकतम ३० वर्ष अवधी रहने गरी कर्जा प्रदान गर्नेछ। यस्तो कर्जाको ब्याजदर ७वर्ष अवधीको लागि स्थिर समेत रहनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend