logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

आठ किलो गाँजा लिएर बैंककदेखि आएका व्यक्ति विमानस्थलमा समातिए


  • जन आकाश
  • बुधबार, बैशाख २ २०८३

काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।



उनीबाट आठ किलो ५६० ग्राम गाँजा बरामद भएको छ । उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend