जन आकाश
काठमाडौँ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन संघीय संसद् सचिवालयमा पुगेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिवेदन प्राप्त भई पुस्तकालयमा राखिएको छ। जेनजी आन्दोलनका क्रममा भएका घटना र सरकारी दमनबारे छानबिन गर्न २०८२ असोज ५ गते तीन सदस्यीय आयोग गठन गरिएको थियो। आयोगले फागुन २४ मा सरकारलाई प्रतिवेदन बुझाएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend