logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड


  • जन आकाश
  • शुक्रबार, बैशाख ४ २०८३

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।



त्यस अवसरमा उनीहरूबिच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।   विशेषगरी उनीहरूबिच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो ।

साथै नेपाल र कतारबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend