logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प


  • जन आकाश
  • आइतबार, बैशाख ६ २०८३

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदीका लागि नेपालको आधिकारिक वितरक टाटा मोर्टसले विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ।



स्विच टु टियागो इभीु नाम दिइएको यो अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक वा स्कुटर साटेर नयाँ टाटा टाइगो इभी घर लैजान सक्नेछन्।यो विशेष क्याम्पेन अप्रिल १७, १८, १९ र २० २०२६ मा देशभर सञ्चालन हुनेछ।

अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित टियागो इभी खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।यस अफरमा ग्राहकहरूले केवल ४ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा टियागो इभी आफ्नो बनाउन सक्नेछन्।

योजना अन्तर्गत पुराना दुईपांग्रे सवारीको उत्कृष्ट मूल्यांकन, आकर्षक नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट जस्ता विशेष सुविधा उपलब्ध हुनेछन्।

त्यसैगरी ग्राहकहरूले सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डिसी फास्ट चार्जिङ, साथै निःशुल्क होम चार्जिङ इन्स्टलेसनको सुविधा समेत रहेको छ।साथै एकजना भाग्यशाली ग्राहकले आइफोन( १७ प्रो म्यास जित्ने मौका पनि रहेको कम्पनीले जनाएको छ। सुरक्षित, आरामदायी र आधुनिक प्रविधियुक्त विद्युतीय कार प्रयोग गर्न चाहने ग्राहकका लागि यो योजना प्रभावकारी हुने विश्वास कम्पनीको छ।

इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मार्टसका आधिकारिक शोरुमहरूमा पुगेर अप्रिल १७, १८, १९ र २० २०२६ का दिन उक्त अफरको लाभ लिन सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend