logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, बैशाख ६ २०८३

काठमाडौं । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर सिगास–८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।



मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ट्याक्टर चालक फरार छन् । उनको परिचय खुलेको छैन । ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend