जन आकाश
काठमाडौं । मन्थली ११ को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।
यहि वैशाख ५ गते सनिवारको दिन मन्थली नगरपालिका सावा डाडामा भएको वडा भेलाले हेम बुढाथोकीको सभापतित्वमा सर्वसहमतिले ११ जनाको कार्य समिति चयन गरेको छ । सभापति हेम बहादुर बुढाथोकी उप सभापति बाबुराम बुढाथोकी, सचिव भोजराज घिमिरे,सदस्य नन्द माया बुढाथोकी, सदस्य गणेश बहादुर के सि,सदस्य , शहदेव नेपाली,सदस्य सिताराम बोहरा, सदस्य , रुपेश किङरिङ मगर ,सदस्य दिनेश खड्का सदस्य, ईन्द्र बहादुर मगर,सदस्य प्रदिप बुढाथोकी चयन भएका हुन ।
उक्त कार्यक्रमको आयोजना मन्थली नगरसमितिको आयोजनामा भएको थियो । उक्त कार्यक्रमको सभापतित्व मन्थली नगरपालिकाका सभापति प्रविण खड्काले गरेका थिए । प्रमुख अतिथिमा नेपाल सरकारका अर्थ समितिका सभापति डा। कृष्णहरि बुढाथोकी, अतिथिाहरुमा जिल्ला सभापति रमेश कुमार राय, उपसभापति मोहन कार्की, पालिका सभापतिहरु, नगरसमितिका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघका रामेछाप जिल्ला उपाध्यक्ष कैलास खत्री, लगायत सञ्चारकर्मीहरु, समाजसेवी, बुद्धिजीविहरु तथा आम सर्वसाधरणहरुको बाक्लो उपस्थितिमा कार्यक्रमा भएको थियो । कार्यक्रमलाई दुई शत्रमा गरिएको थियो

उक्त कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीका मन्थली काठमाडौ सम्पर्क समितिका सभापति मनोज बुढाथोकीको विशेष पहलमा र गेलु ११ का सक्रीय रास्वपा सदस्यहरुको महत्वपूर्ण भुमिका रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयले आउदो जेठ १० गते भित्र सवै वडा अधिवेशन सक्न निर्देशन दिएको भोलीपल्ट नै रामेछाप रास्वपाले वडा अधिवेशन शुरु गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend