logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गरिमा विकास बैंकलाई दुई अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र


  • जन आकाश
  • बिहिबार, बैशाख १० २०८३

काठमाडौं । गरिमा विकास बैंकले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आइएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आइएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ।



यससँगै गरिमा विकास बैंक एकैसाथ दुईवटा अन्तर्राष्ट्रिय आइएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ।बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमकाबीच विश्वव्यापी सर्टिफिकेसन संस्था ुईन्टरसर्टुको तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरू हस्तान्तरण गरे।

उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले गरिमा विकास बैंक गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए।गरिमा विकास बैंकले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरूबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend