जन आकाश
काठमाडौं । नेपाली मौलिक कला, संस्कृति र परम्परालाई समेट्दै नयाँ कौराह गीत ‘कालिगंगा’को भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त भिडियो सार्वजनिक गरिएको हो ।
वरिष्ठ पत्रकार सानु श्रेष्ठको प्रमुख आतिथ्यता तथा गीतकार माधव भण्डारीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा गीतसंगीत क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता थियो । कार्यक्रममा बोल्दै वक्ताहरूले नेपाली मौलिकता, स्थानीय जीवनशैली र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनाहरूले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
सर्जकहरूका अनुसार ‘कालिगंगा’ गीतले नेपाली माटोको सुगन्ध बोकेको छ भने ग्रामीण परिवेश, जनजीवन र परम्परागत संस्कृतिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । गीतका शब्द तथा संगीत बिजेन्द्र नौबागेले तयार पार्नुभएको हो । यस गीतमा रूपक डोटेल र विमला सुनारको स्वर रहेको छ ।
गीतको भिडियोमा बिजेन्द्र नौबागे, अश्मिता रणपाल, राजकुमार नौबागे, विनोद कार्की, पदम क्षेत्री, माइली सुनारलगायत कलाकारको अभिनय देख्न सकिन्छ । साथै बालकलाकार शोहन सुनार र शलोन सुनारको समेत आकर्षक प्रस्तुति छ । भिडियोका छायांकन केशव अधिकारीले गर्नुभएको हो भने निर्देशन दिपेश केसीले गर्नुभएको छ ।
कार्यक्रमको अवसरमा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरूलाई सम्मानस्वरूप मायाको चिनो प्रदान गरिएको थियो । ‘कालिगंगा’ गीतको भिडियो गायिका विमला सुनारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend