जन आकाश
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड फोनेपे ले हिमालयन बैंकलाई औपचारिक रूपमा फोनेपे नेटवर्कमा आबद्ध गरेको घोषणा गरेको छ।यो साझेदारी नेपालको डिजिटल भुक्तानी प्रणालीका लागि एक महत्वपूर्ण उपलब्धि रहेको बताइएको छ।
जसले देशको सबैभन्दा विस्तृत भुक्तानी पूर्वाधारलाई निजी वाणिज्य बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अग्रणी संस्थासँग जोडेको छ।
सन् १९९३ मा स्थापित हिमालयन बैंक नेपालको प्रतिष्ठित निजी क्षेत्रीय बैंकका रूपमा परिचित रहँदै आएको छ।
विश्वास, नवप्रवर्तन र वित्तीय नेतृत्वको पर्याय बनेको हिमालयन बैंक आधुनिक बैंकिङ सेवा नेपालमा भित्र्याउने अग्रणी संस्थाका रूपमा व्यापक रूपमा मान्यता प्राप्त छ।
देशभर फैलिएको शाखा सञ्जाल र तीन दशकभन्दा बढी समयदेखि निर्माण भएको बलियो ग्राहक आधारका साथ, हिमालयन बैंकको फोनेपे नेटवर्कमा एकीकरणले ठूलो स्तरमा डिजिटल भुक्तानीको प्रयोगलाई तीव्र बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।जसले देशभरका लाखौं हिमालयन बैंक ग्राहकहरूलाई सहज क्युआर(आधारित कारोबारको सुविधा प्रदान गर्नेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend