logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुध्रिँदै कर्णाली सरकारको आन्तरिक आम्दानी


  • जन आकाश
  • सोमबार, बैशाख १४ २०८३

काठमाडौं । बजेट कार्यान्वयनमा कमजोर देखिएको कर्णाली प्रदेश सरकारले आफ्नो आन्तरिक आम्दानीमा भने सुधार ल्याएको छ । चालु आर्थिक वर्ष (२०८२र०८३) को ९ महिनामा प्रदेश सरकारले ४८ करोड ३ लाख ९५ हजार ८६२.५८ रुपैयाँ आन्तरिक आम्दानी गरेको हो ।



गत आर्थिक वर्ष (२०८१र०८२) को यही अवधिमा प्रदेश सरकारले ४१ करोडको हाराहारीमा आम्दानी गरेको थियो । यो पटक झन्डै ७ करोडले आम्दानी वृद्धि भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयका लेखा अधिकृत ललित थापाले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend