logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सानिमा बैंक र फिनतारा सोलुसन्सबीच सहकार्य


  • जन आकाश
  • मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि सहज र आकर्षक शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्ससँग सहकार्य गरेको छ।



यस सहकार्य अन्तर्गत बैंकका ग्राहकहरुले फिन्तारासँग आबद्व मर्चेन्ट स्टोरहरूमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा इएमआई सुविधा उपभोग गर्न सक्नेछन्।

यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिने बताइएको छ।
यस पहलले उच्च मूल्यका सामग्रीहरूलाई थप सहज र पहुँचयोग्य बनाउँदै ग्राहकहरूलाई बिना ब्याज किस्ताबन्दी मार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ।

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ। बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend