logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रभु बैंकद्वारा HRDC लाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चेक हस्तान्तरण


  • जन आकाश
  • मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश ३, जनागाल, बनेपा–११, काभ्रेपलाञ्चोक स्थित
(Hospital and Rehabilitation Center for Disabled Children (HRDC) लाई रु ७ लाख ५० हजारको चेक हस्तान्तरण गरेको छ ।



उक्त रकम लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने शारीरिक रूपमा अशक्त तथा विपत्र बालबालिकाहरूको पहिचान, उपचार, शल्यक्रिया, फिजियोथेरापी, सहायक सामग्री वितरण तथा पुनर्स्थापना सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न  HRDC लाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

एक कार्यक्रमका बिच प्रभु बैंक लिमिटेडका तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन सम्शेर राणाले HRDC का प्रमुख प्रशासन अधिकृत प्रकाश कुमार यादवलाई चेक हस्तान्तरण गरिएको हो ।

प्रभु बैंक लिमिटेडका नेपालभर ३०० शाखा कार्यालयहरू, २६१ एटीएमहरु साथै ६६ एक्सटेन्सन काउन्टरहरु मार्फत ३६ लाख भन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथ गुणस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend