जन आकाश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएका छन् ।
संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएको प्रवक्ता मनिष झाले बताए । प्रवक्ता झाले भने, ‘धेरै कुराहरू सिक्न बाँकी छ तसर्थ सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाव दिइएको छ । आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि Candidate Club को अभ्यास हुँदैछ ।’
कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुरा कसैलाई पनि कुनै प्रतिबद्धता नगर्न समेत निर्देशन दिइएको छ । कतै त्यस्तो गलत अभ्यास भेटिएमा कारबाहीको भागिदार हुनुपर्ने चेतावनी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend