logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राजनीतिक नियुक्ति खाने सबै खराब हुन् भन्ने भाष्य बनाउन खोजियो, दुजाङ शेर्पा


  • जन आकाश
  • बिहिबार, बैशाख २४ २०८३

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारी खराब हुन् भन्ने भाष्य सरकारले बनाउन खोजेको टिप्पणी गरेका छन् ।



ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहले विगतका सरकारले गरेका सबै राजनीतिक नियुक्तिलाई बदनाम गर्न खोजेको आरोप लगाए । ‘राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्तिहरू खराब हुन् र उनीहरू ब्रिफकेस बुझाएर नियुक्ति खाएका हुन् भन्ने भाष्य अहिले निर्माण गर्न खोजिएको छ,’ उनले भने ।

विगतका सरकारले नियुक्त गरेका पदाधिकारीलाई आर्थिक चलखेल गरेर आएको सन्देश फैलाउन खोजिएको भन्दै शेर्पाले वर्तमान अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि नै प्रश्न उठाए ।

‘प्रधानमन्त्रीज्यूको क्याबिनेटमा अर्थमन्त्री स्वर्णिम वाग्ले हुनुहुन्छ । अब उहाँले भनिदिनुपर्‍यो, हिजो राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बन्दा कति करोड बुझाउनुभएको थियो प्रश्न गर्दै उनले थपे, ‘हिजो नेपाली कांग्रेसले उहाँलाई विश्वास गरेर विज्ञताका आधारमा नियुक्त गरेको हो नि

साथै, उनले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाउँदै त्यसको प्रतिवादका लागि तयार रहन विद्यार्थीहरूलाई आग्रहसमेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend