logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

कांग्रेसको प्रदेश स्तरीय भेला आजदेखि सुर्खेतमा


  • जन आकाश
  • सोमबार, बैशाख २८ २०८३

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश तथा स्थानीय तह केन्द्रित ‘प्रदेशस्तरीय भेला’ आजदेखि सुर्खेतमा सुरु हुँदैछ। वीरेन्द्रनगरस्थित शुभ होटलमा मध्याह्न सुरु हुने भेला सभापति गगनकुमार थापाले उद्घाटन गर्नेछन्।



दुई दिनसम्म चल्ने भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल पनि सुर्खेत पुगेका छन्। सभापति थापाको सचिवालयका अनुसार भेलामा प्रदेश कार्यसमिति, जिल्ला पदाधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिबीच पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।

कांग्रेसले सातै प्रदेशमा संगठन सुदृढीकरणका लागि यस्ता भेला आयोजना गरिरहेको छ। यसअघि वैशाख २६ र २७ गते सुदूरपश्चिमको धनगढीमा भेला सम्पन्न भइसकेको छ।
गण्डकीको पोखरामा स् वैशाख ३१ र जेठ १ गते
बागमतीको धुलिखेलमा स् जेठ ४ र ५ गते
मधेशको बर्दिवासमा स् जेठ ६ र ७ गते
कोशीको सुनसरीमा स् जेठ ८ र ९ गते
लुम्बिनीको तिलोत्तमामा स् जेठ १४ र १५ गते

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend