logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पर्यटन सडक र द्रुतमार्ग निर्माणलाई तीव्रता दिने सरकारको नीति


  • जन आकाश
  • मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । सरकारले पर्यटन सम्भावना भएका क्षेत्रमा सडक पहुँच विस्तार, राजमार्ग स्तरोन्नति, वैकल्पिक मार्ग निर्माण तथा राजमार्ग सेवा केन्द्र विकास गरी स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएको छ।



संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार विकासलाई तीव्र बनाउन प्रधानमन्त्री डेलिभरी युनिटलाई सुदृढ गरी मिसन मोडलमा कार्यान्वयन गरिने बताएका हुन्।

सरकारले हुलाकी, पुष्पलाल तथा उत्तर–दक्षिण राजमार्गलगायत राष्ट्रिय सडक सञ्जालको स्तरोन्नति र विस्तारलाई तीव्रता दिने जनाएको छ।

साथै, काठमाडौं–तराई र मधेस द्रुतमार्ग तथा यसका लिंक सडकहरू शिघ्र सम्पन्न गरिने नीति पनि अघि सारिएको छ।
प्रकाशित मितिस् सोमबार, वैशाख २८, २०८३ १८स्४१

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend