जन आकाश
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४’ को प्रतिष्ठित उपाधि प्राप्त गरेको छ। न्यु बिजनेस एज लिमिटेडद्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘न्युबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्ड्स’ को १०औँ संस्करणमा बैंक यस विधाबाट सम्मानित भएको हो।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित एक विशेष समारोहका बीच बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । यो उपाधिले आफ्ना ग्राहकहरूलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको बैंकले जनाएको छ।
यस सुखद अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक, शेयरधनी, कर्मचारी, नियमनकारी निकाय र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ। गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend