जन आकाश
काठमाडौं । नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।
संसदीय दल नेता रामबहादुर थापा बादल छन्। संसदीय दल नेता बादलले नै अर्याललाई उपनेता मनोनीत गरेका हुन्। प्रमुख सचेतक ऐन महरले सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको जानकारी दिए।
‘पार्टी संसदीय दल विधानमा संसदीय दल नेताले उपनेता तोक्ने व्यवस्था छ, सोहीअनुसार संसदीय दल नेताले उपनेता मनोनीत गर्नुभएको हो,’ एमालेले यसअघि प्रमुख सचेतकमा महर र सचेतकमा निता घतानीलाई मनोनीत गरेको थियो। प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend