logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खिम्ती ग्रामीण विद्युत सहकारीको १४औँ साधारणसभा सम्पन्न, स्थानीय जनप्रतिनिधि र उपभोक्ताको उल्लेख्य सहभागिता


  • जन आकाश
  • मंगलबार, बैशाख २९ २०८३

काठमाडौं । खिम्ती ग्रामीण विधुत सहकारी सस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ। रामेछापको गोकुलगगा गाउपालिका वाडन ४ बेतालीमा सस्थाका अध्यक्ष नानिबाबु बस्नेतको अध्यक्षतामा, गोकुलगगा गाउपालिका प्रमुख काजि बहादुर खड्काको प्रमुख अतिथि, उपाध्यक्ष उषादेवि कार्कि बिशेष अतिथि, राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन कार्की, नेकपा एमालेका बागमती प्रदेश सदस्य अर्जुन कार्की, नेपाली कम्युनिस्ट पार्टीका प्रेम कार्की, सहकारीका संचालक समितिका पदाधिकारीहरु, गाउपालिकाका जनप्रतिनिधिहरु, शेरधनि, उपभोक्ताहरुको बाक्लो उपस्थितिमा कार्यक्रम भएको छ।



कार्यक्रमको उदघाटन प्रमुख अतिथि काजि बहादुर खडकाले स्वीज अन गरेर र बिशेष अतिथि पालिका उपाध्यक्ष उषादेवि कार्की ले दिप प्रज्वलन गरि शुरु भएको हो।कार्यक्रममा सस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष धिरज खत्रीले प्रस्तुत गरेका छन।सस्थाका अध्यक्ष नानिबाबु बस्नेतले उपस्तिथि सम्पुर्ण ग्राहक, सन्चालक, कार्यक्रममा आएका मानुभावहरुलाइ धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend