logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गर्‍यो डोनर बेड


  • जन आकाश
  • आइतबार, जेष्ठ १० २०८३

काठमाडौं । कामना सेवा विकास बैंकले मोरङस्थित नेपाल रेडक्रस सोसाइटीलाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ। बैंकले विराटनगर शाखा कार्यालयमार्फत उक्त बेड हस्तान्तरण गरेको हो।



बैंकले रक्तसञ्चार सेवाको प्रभावकारी संचालन तथा गरिब र विपन्न वर्गका बिरामीहरूलाई समयमै आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले गरिने रक्तदान कार्यक्रमहरूमा सहयोगका लागि उक्त डोनर बेड प्रदान गरेको जनाएको छ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले नेपाल रेडक्रस सोसाइटीका सभापति सुख्देव प्रसाद मण्डललाई डोनर बेड हस्तान्तरण गरे। सभापति मण्डलले उक्त सहयोगले रक्तदान कार्यक्रम संचालन गर्न तथा रक्तदाताहरूलाई सहज वातावरण उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने बताए।

कार्यक्रममा बैंकका प्रदेश प्रमुख भुसालले मानव जीवन रक्षासँग प्रत्यक्ष जोडिएको रक्तदान तथा रक्तसञ्चार सेवामा सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी दिए।

रक्त संकलन सेवा संचालन गर्ने क्रममा डोनर बेड अत्यावश्यक रहने भएकोले बैंकबाट प्राप्त सहयोगले सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend