logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोतिराज खनाल र यशोदा कार्कीको आवाजमा “बैगुनी मायालु” सार्वजनिक


  • जन आकाश
  • शनिबार, जेष्ठ १६ २०८३

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा अत्यन्त मार्मिक तथा भावनात्मक गीत “बैगुनी मायालु” सार्वजनिक भएको छ। प्रेम, पीडा र बिछोडको कथालाई समेटिएको यस गीतले दर्शक तथा श्रोताको मन छुने विश्वास गरिएको छ।



गीतमा लोकप्रिय गायक मोतिराज खनाल र गायिका यशोदा कार्कीको सुमधुर स्वर रहेको छ। गीतका शब्द शंकर घिमिरे र विश्वास घिमिरेले संयुक्त रूपमा सिर्जना गरेका हुन् भने लय गायक मोतिराज खनालले तयार पारेका छन्। गीतको संगीत संयोजन (एरेन्ज) रमेश सेन्चुरीले गरेका हुन्। मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ कार्य सागर बाजुरालीले सम्पन्न गरेका हुन् भने मिक्सिङ खडक बाजुरालीले गरेका छन्।

म्युजिक भिडियोमा विश्वास घिमिरे, बिन्दु आचार्य, अनिशा बेल्बासे तथा बिशेष घिमिरेको सशक्त अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन स्वयं विश्वास घिमिरेले गरेका हुन्। ड्रोन क्यामेराबाट दृश्य खिच्ने कार्य चोप सिलवालले गरेका छन् भने क्यामेरा तथा सम्पादनको जिम्मेवारी सन्जय पाठकले सम्हालेका छन्।

गाउँघरको मौलिक परिवेश, हरियालीले भरिएको शान्त वातावरण तथा मायाप्रेम र बिछोडको पीडालाई अत्यन्त मार्मिक ढंगले प्रस्तुत गरिएको ‘बैगुनी मायालु’ले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ। उत्कृष्ट कथा प्रस्तुति, भावनात्मक अभिनय र अनुभवी कलाकारहरूको समन्वयले गीतलाई अझ जीवन्त बनाएको निर्माण टिमले जनाएको छ।

नेपाली लोक तथा आधुनिक संगीतप्रेमी दर्शकका लागि ‘बैगुनी मायालु’ प्रेम, संवेदना र यथार्थ भावनाले भरिएको उत्कृष्ट कोशेलीका रूपमा सार्वजनिक भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend