logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्रीसँग रास्वपा सांसदको माग- नेपालले भारतको भूमि अतिक्रमण गरेको तथ्य देखाउनुस्


  • जन आकाश
  • सोमबार, जेष्ठ १८ २०८३

काठमाडौं । सत्तारुढ दल रास्वपाकी सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको देखाउन माग गरेकी छन् । भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा भए पनि प्रधानमन्त्रीले नयाँ कुरा गरेको उनको भनाइ छ।



उनले भनेकी छन्, ‘प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैँभरि मलगायत हामी नेपालीहरूले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियो तर आजबाट हामीले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौँ १ जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’उनले छिमेकी देशमाथि नेपालले अतिक्रमण गरेको तथ्य प्रधानमन्त्रीले पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend