logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्र बैंकले भन्यो- ७% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नीति बनाउँछौं


  • जन आकाश
  • मंगलबार, जेष्ठ १९ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ७ प्रतिशत आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित राख्ने गरी नीति तर्जुमा गर्ने बताएका छन् ।



नेपाल आर्थिक पत्रकार संघ नाफिज ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सुशासन केन्द्रित बजेटले बजारमा सिनर्जी आउने भन्दै बजेटमा लिइएको लक्ष्य हासिल गर्ने गरी राष्ट्र बैंकले नीति बनाउने बताए।

पौडेलले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका सन्दर्भमा समय नै तोकिएकामा खुशी व्यक्त गरे।निकै लामो समयदेखि पेन्डिङ भएको विषयलाई बजेटले सम्बोधन गरेको छ। वित्तीय प्रणालीमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पति बढ्दै गएको सन्दर्भमा यसले केही सहजीकरण गर्नेछ,’ उनले भने। उनले कम्पनी कुन मोडलमा स्थापना गर्ने भन्ने विषयमा कानुनमा स्पष्ट व्यवस्था गरिने बताए।

पौडेलले उपभोग बढाउनका लागि विभिन्न उपभोग्य सामान हायर पर्चेजमा खरिद गर्न ऋण लिन मिल्ने व्यवस्था बजेटमा गरिएको बताए। उनले विदेशी मुद्रा सञ्चितिको आकार बढ्दै गइरहेको अवस्थामा त्यसलाई सदुपयोग गर्न बजेटमा सोभरेन् वेल्थ फण्डको विषय समावेश गरिएको बताए। ‘यसलाई कार्यविधि बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ,’ उनले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend