जन आकाश
काठमाडौं । काठमाडौं । पश्चिम सेती ४०० केभी क्षमताको प्रसारण लाइन सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गर्न कम्पनी खडा गरिएको छ।
२० अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रसारण लाइन ३० प्रतिशत पुँजी र ७० प्रतिशत ऋण जुटाएर निर्माण गरिनेछ। ६ कम्पनीको लगानीमा पश्चिम वेस्ट(सेती ट्रान्समिसन लिमिटेड कम्पनी खडा गरिएको हो।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी आरपीजीसीएल को बोर्डले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ता प्रक्रिया अगाडी बढाइएको हो।आज आयोजित कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले आयोजना निर्माणलाई सफल बनाउन सरकारको सहयोग गर्ने बताए।
‘केही समस्या छन्। त्यसलाई समाधान गर्न सरकार तयार छ। आयोजनालाई भायवल गराउन पनि सरकार तयार छ। तपाईहरू यसरी रिस्क मोलेर अगाडी बढ्नु भएको छ। यसलाई सफल बनाउन सरकारको पनि जिम्मेवारी र दायित्व हुन्छ। त्यो गर्छ,’ उनले भने।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका सिइओ सागर श्रेष्ठले आयोजना तत्कालै अगाडी बढ्ने बताए।राइट अफ वे र वनको क्लियरेन्सपछि आयोजना निर्माण निर्माणमा जान्छ। त्यसका लागि हामीले काम सुरू गरिसकेका छौं,’ उनले भने।
त्यस्तै, शैलेन्द्र गुरागाइले यो आयोजना गेमचेन्जर आयोजना भएको बताए। ‘गेम चेन्जर आयोजना हो। त्यसैले हामीले त्यसै कारण पनी लगानी गरिरहेका छौं,’ उनले भने।नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आयोजना रणनीतिक हिसाबले पनि निकै महत्वपूर्ण भएको बताए।
कम्पनीमा प्रसारण लाइन निर्माणका लागि सरकारको ५१ प्रतिशतमध्ये राष्ट्रिय प्रसारण ग्रिड कम्पनी (आरपीजीसीएल)ले २६ प्रतिशत तथा नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनी चिलिमे जलविद्युत र चैनपुर सेतीले १२।५र१२.५ प्रतिशत सेयर लगानी रहनेछ।
यस्तै, निजी क्षेत्रका तर्फबाट ३ वटा कम्पनीको ४९ प्रतिशत लगानी रहनेछ। समृद्धि इनर्जी लिमिटेडको सबैभन्दा धेरै २५।१ प्रतिशत तथा ङादी ग्रुपपावर लिमिटेड र सिउरी न्यादी पावर लिमिटेडले ७ र ६।९ प्रतिशत लगानी गर्ने भएका छन्।
आरपीजीसीएलले सार्वजनिक(निजी साझेदारी अन्तर्गत एसभीपी मोडलमा प्रसारण लाइन निर्माण गर्न पुस १३ गते आशयपत्र मागेकामा २ वटा सरकारीसहित ८ कम्पनीको आवेदन परेको थियो। निजी क्षेत्रका तर्फबाट मातामालिका इनर्जी मल्टिपल प्रालि, सुर्मा सरोवर हाइड्रोपावर र सगरमाथा जलविद्युत कम्पनीले पनि आशयपत्र पेस गरेका थिए।
प्रशारणलाइनको निर्माण अवधि ५ वर्षको हुनेछ। आयोजना बझाङको जयपृथ्वी नगरपालिका १ हम्मरसेनको चैनपुर सबस्टेसन र डोटीको शिखर नगरपालिका १० मा रहेको बनलेक सबस्टेसन हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका २ दोधारा सबस्टेसनसम्म करिब १४५ किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।
यो आयोजना अन्तर्गत १६० एमभीएको चैनपुर सबस्टेसन र ३१५ एमभीएको बनलेक सबस्टेसन निर्माण गरिनेछ। यसका लागि जग्गा प्राप्ति र आयोजनाको सर्वेको काम सम्पन्न भइसकेको छ। यो प्रसारण लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती हाइड्रोपावर, ४५० मेगावाटको सेती नदी(६ हाइड्रोपावर र १७० मेगावाटको अपर सेती हाइड्रोपावरबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ।
यस्तै, सेती नदी र यसको सहायक नदी बुढीगंगा तथा दार्चुला र बैतडीमा उत्पादित बिजुली पनि राष्ट्रिय प्रसारणमा जोडिनेछ। आरपीजीसीएलले यसअघि तमोर(ढुंगेसाँघु) २२० केभी प्रसारण लाइन निजी क्षेत्रसँग मिलेर बनाउन २०८१ पुस २ गते सम्झौता गरेकामा थियो। त्यसपछिको उक्त मोडलमा बनाउन लागिएको दोस्रो प्रसारण लाइन हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend