जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी सदस्यता नवीकरण तथा बिस्तार कार्यशालाले पार्टीभित्र नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।आज बुधबारबाट काठमाडौँमा सुरु भएको सदस्यता नवीकरण विस्तार उत्प्रेरणा कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
अध्यक्ष ओलीले भेलामा सहभागीहरूलाई पार्टी भित्र भएका कतिपय अन्यौलता र भ्रमहरू चिर्ने र नयाँ विश्वास र नयाँ जोस र नयाँ जाँगरका साथ कार्यक्षेत्रमा पठाउने बताए ।
भेलामा पार्टीका जिल्ला अध्यक्ष र सचिव,प्रदेशका पदाधिकारी तथा इन्चार्जहरू,पार्टीको सङ्गठन विभाग र सबै जनसंगठनका अध्यक्षहरु सहभागी छन् । पार्टीको सङ्गठन विभागले आयोजना गरेको कार्यशाला आज र भोलि सञ्चालन हुनेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend