logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त


  • जन आकाश
  • बुधबार, जेष्ठ २० २०८३

काठमाडौं । एनआइसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले उनलाई आगामी चार वर्षको लागि अध्यक्ष पदमा नियुक्त गरेको हो।



नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा.विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ लिए।अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुऱ्याएका छन्।

उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने उनको कार्यकालमा बैंकले उच्चतम उपलब्धिहरू हासिल गर्दै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पुऱ्याउने विश्वास लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend