logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण


  • जन आकाश
  • आइतबार, जेष्ठ २४ २०८३

काठमाडौं । सिद्धार्थ बैंकको आर्थिक सहयोगमा नवनिर्मित रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयको भवन समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ।



२०८० साल कात्ति १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भवनको पुनर्निर्माण कार्य सम्पन्न गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापकलाई औपचारिक रूपमा हस्तान्तरण गरे।

विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेश राज महर्जन, कर्पोरेट बैंकिङ प्रमुख प्रशन्न खड्का, लघु साना तथा मझौला उद्यम बैंकिङ प्रमुख प्रदिप पन्त, मुसिकोट शाखा प्रबन्धक धर्मनन्द अवस्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले विद्यालय भवन निर्माण केवल भौतिक संरचना निर्माणमा सीमित नभई भूकम्पपछिको पुनःस्थापना, बालबालिकाको सुरक्षित भविष्यप्रतिको प्रतिबद्धता तथा गुणस्तरीय शिक्षा मार्फत समाज रूपान्तरण गर्ने साझा संकल्पको प्रतिक भएको बताए।

उक्त नवनिर्मित भवनले विद्यार्थीहरूमा सुरक्षित र गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्दै शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउनुका साथै नियमित पठनपाठनको निरन्तरता र समग्र शैक्षिक वातावरण सुदृढीकरणमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास बैंकले लिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend