logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिंहदरबारमा सर्वदलीय बैठक जारी


  • जन आकाश
  • सोमबार, जेष्ठ २५ २०८३

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।
सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा जारी छ ।



बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्षरसभापतिसहित दुईरदुई जनालाई आमन्त्रण गरिएको थियो तर कांग्रेस, एमाले र नेकपाले पार्टी प्रमुखलाई पठाएनन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने बैठकमा सहभागी भएका छन् । यता हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक नै बहिष्कार गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend