logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक जारी


  • जन आकाश
  • मंगलबार, जेष्ठ २६ २०८३

काठमाडौं । नेकपा एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक अहिले बसीरहेको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको हो यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो ।



कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने म्याद छ । तर कार्यदल गठनको १५ दिनपछि आज पहिलोपटक बैठक बसेको हो ।कार्यदलले पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी सचिवालयमा प्रतिवेदन बुझाउनेछ ।नेकपा एमालेको विधान अधिवेशनदेखि नै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको माग उठ्दै आएको छ । जेनजी आन्दोलन पछाडि यो माग झन् चर्को भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend