जन आकाश
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । आजको प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै पूर्वअर्थमन्त्री पुनले संसदलाई हेप्ने गरी वाग्लेले अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेका हुन्।
पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै आपत्ती जनाए । यो विषय उठाउने सांसदहरुलाई मन्त्री वाग्लेले पुराना काण्डको फाइल खोल्ने धम्की दिएको भन्दै यो आपत्तीजनक भएको बताए।पूर्वअर्थमन्त्री पुनले यो विषय आजको लेखा समिति बैठकमा पनि उठाएका थिए । उनले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले हेप्ने गरी बोलेको भनेर ध्यानाकर्षण गराएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend