जन आकाश
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभाको आजको बैठकमा रक्षा मन्त्री खोजेका छन्।आज प्रतिनिधि सभा बैठकमा बोल्दै साम्पाङले रक्षा मन्त्रीलाई खोजेका हुन्। सीमाबारे केही प्रश्न रक्षा मन्त्रीलाई सोध्नुपर्ने उनको भनाइ छ।रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले नै हेर्दै आएका छन्।
‘नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई तपाईं (सभामुख) ले बोलाउनुपर्छ, उहाँलाई म प्रश्न सोध्न चाहन्छु( सुस्तामा भारतीय पक्ष एसएसबीले नेपालीलाई हप्कीदप्की गरिरहेको भिडिओ सार्वजनिक भएका छन्, त्यसतर्फ नेपाल सरकारले, रक्षा मन्त्रीले, प्रधानमन्त्री त आउनु हुन्न, रक्षा मन्त्री हुनुहुन्छ भने खोजेर तपाईंले ल्याइदिनुपर्यो, हामी प्रश्न सोध्न चाहन्छौं। हाम्रो नेपाली सेना सिमानामा जानै नहुने त्यस्तो के कसम खाएर बसेको रहेछरु नेपाल सरकारले सीमानामा पठाउन नमिल्ने खालको के करार गरेको रहेछ, त्यो संसदमा देखाउनुपर्यो,’ उनले भने।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend