जन आकाश
काठमाडौ । सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकालीको आयोजनामा वरिष्ठ समालोचक, आख्यानकार तथा साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठलाई ‘सुसेली स्रष्टा सम्मान–२०८२’ प्रदान गरिएको छ। दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सभापति रामराजा के. सी.को सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रा. डा. श्रेष्ठलाई नगद रु. ११,१११, सम्मानपत्र, दोसल्ला, टीका तथा मालासहित सम्मान गरिएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोहन बस्नेतले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। प्रतिष्ठानकी उपाध्यक्ष रजनी खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा केदारनाथ आचार्य र पुष्कर पराजुलीले स्वस्तिवाचन गर्नुभएको थियो। सम्मानित व्यक्तित्वको परिचय चन्द्रलाल तामाङले गराउनुभएको थियो भने सम्मानपत्र बद्री कार्कीले वाचन गर्नुभएको थियो।
सम्मान समारोहमा साहित्यकार किशोर पहाडीले टीका लगाइदिनुभएको थियो भने प्रमुख अतिथि मोहन बस्नेतले माला अर्पण गर्नुभएको थियो। प्रतिष्ठानका सभापति रामराजा के. सी.ले सम्मानस्वरूप नगद राशि हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा सुसेली साहित्यिक प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्याउने शशि शर्मा अर्याल, केदारनाथ आचार्य, रामकुमार बस्नेत, बद्री कार्की, राजकुमार के. सी. तथा सरोज बलामीलाई कदरपत्र प्रदान गरिएको थियो। साथै दक्षिणकाली नगरपालिका क्षेत्रभित्र पुस्तक प्रकाशन गरी साहित्यिक क्षेत्रमा योगदान पुर्याउने दीपक लामिछाने, सुशान्त के. सी., कृष्णकुमार श्रेष्ठ, आवेश मिश्र, विश्वनाथ जैसी, पुष्कर खड्का, रजनी खत्री, चन्द्रलाल तामाङ, डा. शेखरकुमार श्रेष्ठ, रघुनाथ पौडेल, अञ्चल पन्त, वीरेन्द्र बलामी तथा रीता बलामीलगायतका स्रष्टाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो।
यस अवसरमा दक्षिणकाली नगरपालिका तथा वडा नं. ४ र वडा नं. ५ लाई साहित्यिक गतिविधिको प्रवर्द्धनमा पुर्याएको सहयोगको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा शशि शर्मा अर्याल, केदारनाथ आचार्य, साहित्यकार किशोर पहाडी, सम्मानित स्रष्टा प्रा. डा. दयाराम श्रेष्ठ तथा प्रमुख अतिथि मोहन बस्नेतले मन्तव्य व्यक्त गर्दै साहित्य, शिक्षा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको पहिलो चरण रीता बलामीले सञ्चालन गर्नुभएको थियो। सभापति रामराजा के. सी.ले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा संस्थाले साहित्यिक कार्यक्रममा साथै प्रशिक्षणको व्यवस्था गर्ने प्रतिवद्धता प्रकट गर्दै पहिलो चरणको समापन गर्नुभएको थियो ।
दोस्रो चरणमा सभापति रामराजा के. सी.को अध्यक्षता तथा सविता के. सी.को सञ्चालनमा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा विद्यार्थी तथा साहित्यकारहरूले कविता, गजल, मुक्तक, सुसेली, खोरिया तथा अन्य सिर्जनात्मक रचनाहरू प्रस्तुत गरेका थिए। रचना वाचन कार्यक्रममा सहभागी विद्यार्थी तथा स्रष्टाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
रचना वाचन गर्नेहरूमा किरण नेपाली, लिला कट्टेल, खड्ग सार्की, पलिस्था श्रेष्ठ, खगेन्द्र बस्याल, निरु तामाङ, अग्रिम अर्याल, सिवाङ्गी सुवेदी, जनार्दन अधिकारी ‘धड्कन’, सनाया कार्की, रिजन खत्री, सुमेधा पौडेल, सृजना कुमाल, समीक्षा कुँवर, विमला तामाङ, सविता परियार, रमिसा तामाङ, आरोही आचार्य, रसिका बस्नेत, कुवेर कोइराला, रविन्द्र तिवारी, शेलेष्टी आचार्य, समृद्धि के. सी., किरण सार्की, रोजी दाहाल, आइसा खनाल, आकाङ्क्षा बलामी, कृसा आचार्य, जनु सार्की, सिजल के. सी., विहान परियार, सारिका बलामी, सुप्रिया राना मगर, रोसनी खातुङ, दुर्गा अधिकारी ‘भमरकोटे’ तथा समर्पण विडारी रहेका थिए।
कार्यक्रममा दक्षिणकाली क्षेत्रका जनप्रतिनिधि, शिक्षक–शिक्षिका, साहित्यकार, स्रष्टा, विद्यार्थी तथा साहित्यप्रेमी गरी १२० जनाभन्दा बढीको उल्लेखनीय उपस्थिति रहेको थियो। साहित्यिक सम्मान, स्रष्टा अभिनन्दन तथा रचना वाचनलाई एकै मञ्चमा समेटिएको उक्त कार्यक्रम दक्षिणकालीको साहित्यिक गतिविधिमा महत्वपूर्ण उपलब्धिका रूपमा सभ्य, भव्य तथा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend