logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्री कता बेपत्ता हुनुहुन्छ, अचानक संसद आएर म त जिस्केको पो थिएँ भन्नुहोला- रेनुका


  • जन आकाश
  • सोमबार, असार १ २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले संसदमा अचानक प्रधानमन्त्री बालेन शाह आएर म त जिस्केको पो थिएँ भन्न सक्ने बताएकी छन्।नेपालले पनि भारतको जग्गा मिचेको रहेछु भनेर प्रधानमन्त्री संसदबाट बेपत्ता भएको पनि उनले बताइन्।



‘हामीले पनि भारतको सीमा मिचेका छौं भनेर संसदबाट बेपत्ता हुनुभएका प्रधानमन्त्री वालेन्द्र शाहज्यू कता हुनुहुन्छ कुन्नीरु, थाहा छैन फेरि कुन दिन अचानक आएर म त जिस्केको पो थिएँ भन्नुहोला,’ आज प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन्।

प्रधानमन्त्री शाहले आइतबार बेलुकी साताभरि काम गरेर बिदाको दिन जिस्कन्छुु भनेर सामाजिक सञ्जाल फैसबुकमा लेखेका थिए। त्यस तर्फ लक्ष्य गर्दै सांसद काउचाले यस्तो बताएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend