logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

४३ सय वडामा भयो रास्वपाको अधिवेशन


  • जन आकाश
  • मंगलबार, असार २ २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तहगत समितिअन्तर्गत ४ हजार ३६३ वटा वडामा अधिवेशन सकिएको छ। पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ६ सय ९ वटा पालिका तहको समितिको अधिवेशन सम्पन्न भएको छ।



त्यस्तै ६४ वटा जिल्लामा अधिवेशन भएको बुर्लाकोटीले बताए।बुर्लाकोटीका अनुसार कर्णाली प्रदेशमा डोल्पा र हुम्लामा अधिवेशन भएको छैन। लुम्बिनी प्रदेशअन्तर्गत रूकुमपूर्वमा अधिवेशन हुन बाँकी छ।

गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, मधेस प्रदेशअन्तर्गत धनुषा, सप्तरी बारा र सर्लाहीमा अधिवेशन भएको छैन। सिन्धुपाल्चोक, सिराहा, महोत्तरी, रौतहटमा अधिवेशनको प्रक्रिया सुरू भए पनि अधिवेशन रोकिएको बुर्लाकोटीले बताए।मधेस प्रदेशको अधिवेशन स्थगन रहेको बुर्लाकोटीले बताए।रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend