जन आकाश
काठमाडौं । किया नेपालले नेपाली बजारमा बहुप्रतीक्षित अल न्यु किया के३ सेल्टोस सार्वजनिक गरेको छ। कम्पनीले काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित विशेष समारोहमार्फत तेस्रो पुस्ताको उक्त एसयूभी सार्वजनिक गरेको हो।
नयाँ के३ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम तथा कार्यक्षमतामा उल्लेखनीय सुधार गरिएको कम्पनीले जनाएको छ। कियाको नयाँ के३ प्लेटफर्ममा आधारित यस एसयूभीमा बलियो र ठूलो बडी संरचना रहेको छ, जसले थप फराकिलो क्याबिन, उच्चस्तरीय आराम तथा परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
भारतस्थित कियाको अत्याधुनिक उत्पादन केन्द्रमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ। नयाँ सेल्टोसमा ‘लेभल २ एडिएएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले तथा प्यानोरामिक सनरुफ जस्ता आधुनिक विशेषताहरू समावेश गरिएका छन्।
सुरक्षाका दृष्टिले पनि अल न्यु किया के३ सेल्टोसले उत्कृष्ट उपलब्धि हासिल गरेको छ। यसले बीएनसीएपी सुरक्षा परीक्षणमा ८१ मध्ये ७६।७ अंक प्राप्त गर्दै ‘फाइभ(स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको कम्पनीले जनाएको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरमध्ये एक मानिन्छ।
एसयूभी सार्वजनिक कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नेपाली ग्राहकलाई उन्नत प्रविधि, प्रिमियम डिजाइन तथा उत्कृष्ट सुरक्षा उपलब्ध गराउने कियाको प्रतिबद्धता नयाँ सेल्टोसमार्फत झल्किएको बताइन्। उनले यस मोडलले नेपाली एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरिन्।
कम्पनीले अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ। यसबाट ग्राहकले आफ्नो आवश्यकता, बजेट तथा सुविधाअनुसार उपयुक्त मोडल छनोट गर्न सक्नेछन्। नयाँ एसयूभी हाल देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend