logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कालीमाटी–बल्खुमा यात्रु ठगी गर्ने ३५ जना पक्राउ


  • जन आकाश
  • बुधबार, असार ३ २०८३

काठमाडौं । कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले अपरेसन सञ्चालन गरेर बुधबार बिहान उनीहरूलाई पक्राउ गरेको हो ।



काउन्टर आसपासमा सक्रिय भएर बल्खु हुँदै उपत्यका बाहिर यात्रा गर्न खोज्नेहरूलाई उनीहरुले हैरानी दिने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए ।  पक्राउ परेकाहरूलाई मुद्दा चलाउनको लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइने एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘आरोपीहरू विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसरमा पठाउँछौँ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend