logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटिजन्स बैंकको ८ औं विशेष साधारण सभा सम्पन्न


  • जन आकाश
  • बुधबार, असार ३ २०८३

काठमाडौं । काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण सभा सम्पन्न भएको छ। बैंक संचालक समितिका अध्यक्ष प्रवलजंग पाण्डेको अध्यक्षतामा बुधबार सभा बसेको हो।



८ औं विशेष साधारण सभाबाट बैंकको नियमावली अनुसार समुह क संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनी अनिल कुमार ज्ञवाली गरि १ जना र समुह ख सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सेयरधनीहरु प्रकाशचन्द्र मैनाली, डा.राजेन्द्र पण्डित, हिमादेवी खड्का के.सी. गरि ४ जना संचालकहरु निर्वाचित भएका छन्।

यसैगरी, प्राथमिक पुँजीकोष अनुपात बढाउन, बैंकको व्यवसाय विस्तार गर्न र जोखिम बहन गर्न सक्ने क्षमता अभिबृद्धि गर्न २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी समेत गर्ने निर्णय विशेष साधारण सभाले पारित गरेको छ। ८ औं विशेष साधारण सभाबाट निर्वाचित संचालक समितिका सदस्यहरु आआफ्नो क्षेत्रमा सफल एवं विज्ञ व्यक्तिहरु रहेको बैंकले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend