जन आकाश
काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरुको अवकाश कोष व्यवस्थापन तथा संचालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ। बुधबार भएको सम्झौतामा कोषको तर्फबाट निर्देशक नबराज खड्का र बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका हुन्।सम्झौतामा बैंकका स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुको योगदानमा आधारित वा गैरयोगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन कोषले गर्ने उल्लेख छ।
कोषले सहभागी कर्मचारीहरुको व्यक्तिगत खाता तयार गरेर परिचय पत्र उपलब्ध गराउने, बैंकबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीहरुलाई नियमानुसार कर कट्टा गरेर अवकाश रकम भुक्तानी गर्ने कार्य गर्नेछ।साथै, कर्मचारीले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरु कोषको नियम अनुसार पाउने जनाइएको छ।
सम्झौता अनुसार आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरुको साविकको रकम र बहाल रहेका कर्जा समेतलाई कोषमा रकमान्तर गरेर समायोजन गरिने पनि सम्झौतामा उल्लेख छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend