जन आकाश
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेका छन्।संसदीय दल नेता हर्क साम्पाङले सोधेका प्रश्नमा उद्योग मन्त्री गौरी कुमारीले चित्तबुझ्दो जबाफ नदिएको श्रम संस्कृतिको भनाइ छ।मन्त्रालयगत छलफलको क्रममा साम्पाङले उद्योग मन्त्रीलाई प्रश्न गरेका थिए। मन्त्रीबाट चित्तबुझ्दो जबाफ नआएपछि साम्पाङ उठेर बोल्न समय मागेका थिए।
सभामुख डोलप्रसाद अर्यालले मन्त्रीले दिएको स्पष्टीकरणमाथि थप स्पष्टीकरण नहुने र प्रश्न रेकर्ड भएकोले मन्त्रीले पछि जबाफ दिन सक्ने बताएका थिए।
त्यसपछि श्रम संस्कृतिका सांसदहरूलाई सभामुखले बस्न आग्रह र आदेश दिए तर श्रम संस्कृतिले अवरोध जारी राख्यो। सभामुखले कार्यसूचीअनुसार बैठक अघि बढाएपछि श्रम संस्कृतिका सांसदहरू ुपेलेरु जान खोजेको भन्दै वेल घेराउ गर्न पुगेका हुन्। उनीहरूले वेल घेराउ गर्दैगर्दा पनि मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर चलिरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend