logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिनको माग


  • जन आकाश
  • बिहिबार, असार ४ २०८३

काठमाडौं । प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले सनकका आधारमा अघि बढ्न खोजे दुर्घटनाको बाटोमा जाने बताएका छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा बोलेको विषय अझै नसच्याइएको र संसदको रेकर्डबाट नहटाइएको विषयले सरकार कता जाँदैछ भन्ने प्रश्न उठेको बताएका हुन्।



१९ दिन भयो मैले गल्ती गरेँ भन्नुभएको छैन। देशलाई हेप्नुभयो, ३ करोड नेपाली जनतालाई हेप्नुभयो। प्रधानमन्त्रीको बोलीले राष्ट्रघात भयो। प्रधानमन्त्री संसदमा आएर स्पष्ट पार्नुपर्छ। प्रधानमन्त्रीको जेठ १७ को अभिव्यक्ति, अर्थमन्त्रीको संसदमा धम्कीपूर्ण बोलेको भाषा, पूर्वाधारमन्त्रीको ठेकेदारको खुट्टा नै भाँच्ने धम्की। यी सबै कुराले सरकार कता जाँदैछरु सरकारको यात्रा कुन दिशामा होरु यो सनकको आधारमा सरकार अघि बढ्यो भने कुनै राम्रो ठाउँमा पुग्दैन। देश निर्माणको बाटोमा पुग्दैन। दुर्घटनाको बाटोमा जान्छ,उनले भने।

उनले कर्मचारीलाई आतंकित पार्ने काम नगर्न पनि आग्रह गरेका छन्। कर्मचारीलाई आतंकित गर्ने, अपमान गर्ने अपशब्द प्रयोग गर्ने यस प्रकारका गतिविधि देखिएका छन्। यो राम्रो संकेत होइन,उनले भने। साथै बिवाइडी गाडी प्रकरणमा संसदीय छानबिन समिति बनाउन पनि उनले माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend