जन आकाश
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ डेभलपमेन्ट बैंक अफ द इयर २०२६ु बाट सम्मानित भएको छ। कर्पोरेट बिजनेस म्यागजिनद्वारा बिहीबार आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको १८औं संस्करणमा यस विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।
अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे।
उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।यस सुखद अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्ने सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय एवं शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गरेको छ।
आइएसओ ९००१ः२०१५र आइएसओ २७००१ः२०२२ मान्यता प्राप्त यस विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ मार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend