logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रास्वपा महाधिवेशनका लागि प्रधानमन्त्री बालेन शाह चितवनमा


  • जन आकाश
  • आइतबार, असार ७ २०८३

काठमाडौं । रास्वपाको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन शाह चितवन पुगेका छन् । उनी केहीबेरअघि भरतपुर विमानस्थलमा उत्रेका हुन् । उनी परिवारसहित त्यहाँ पुगेका हुन् ।



उनी विमानस्थलबाट छोरी बोकेर बाहिरिएका थिए । रास्वपाको महाधिवेशन उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहले संयुक्त रुपमा उदघाटन गर्ने कार्यक्रम छ । आज अपराह्न हुने उदघाटन समारोहमा विभिन्न दलका नेताहरूले शुभकामना दिनेछन् ।कांग्रेस सभापति गगन थापा पनि महाधिवेशनमा सहभागी हुन चितवन जाँदैछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend